रामबजार युथ क्लबको रक्तदानमा ३४ युनिट संकलन
कास्की | जेठ २२, २०७९
पोखरा: पोखरामा रक्त अभावलाई मध्यनजर गरि रामबजार युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।
क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले रामबजार युथ क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
रामबजार युथ क्लवले युवाहरुलाई विकृती र विसंगतीबाट मुक्तगराई सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताउदै यसको अनुसरण अन्य संघ संस्था तथा क्लबहरुले गरेको खण्डमा सभ्य समाज निर्माण हुने उनको भनाई थियो ।
उक्त कार्यक्रममा वडा नं. १० का निर्वाचित सदस्य पूर्ण चन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु राम ब. गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाइटी यू.के ), रुपक गुरुङ (भु.पु अध्यक्ष, रामबजार सोसाइटी यू.के), डा.चन्द्र ब. गुरुङ (पञ्चायत कालका भु.पु सभासद एवम सल्लाहकार, रामबजार सोसाइटी यू.के), ज्ञान ब.थापा (अध्यक्ष, कृष्ण मन्दिर सञ्चालक समिति), क्या.थमन थापा (अध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), भुपेन्द्र कुँवर (निवर्तमान कोषाध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), माया गुरुङ (अध्यक्ष, माछापुच्छ्रे आमा समुह ) लगायतको सहभागिता रहेको क्लबका सचिव सनम गुरुङले जानकारी दिए ।
कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रा.लिका सञ्चालक सदस्य विकास थापा र रामबजार ट्याक्सी सेवा प्रा.लिका संयोजक झक वीर थापाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

